पुरुष र महिलाको शव फेला
काठमाडौं। देशका छुट्टाछुट्टै स्थानमा एक/एक जना महिला र पुरुषको शव फेला परेको छ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ खुर्कोटस्थित सुनकोशी नदीको किनारमा पहिचान नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्।
सर्लाहीको बागमती नगरपालिका-९ स्थित सोल्टी गेट जाने बाटो छेउमा रामनगर गाउँपालिका-६ मलघट्टा बस्ने ८१ वर्षीया हसिया महारा मंगलबार मृत अवस्थामा फेला परेकी छिन्। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment