अवैध लागूऔषध सहित ६ जना पक्राउ

डिसी नेपाल
२ असार २०८३ २०:५०

काठमाडौं। देशका विभिन्न स्थानबाट लागूऔषध सहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

कैलालीको कैलारी गाउँपालिका-५ बड्कीपलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम र चरेस जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय आशाराम चौधरी र २५ वर्षीय अरमान चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापाको बिर्तामोड नगरपालिका-५ पुरानो भद्रपुर रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने ५० वर्षीय तमिज आलमलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। अस्थायी प्रहरी पोष्ट बसपार्क र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ झोलुङ्गे पुलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ४ किलो ६ सय ग्राम सहित सोही उपमहानगरपालिका-२२ चकरी बस्ने ३० वर्षीय नाईस बाबु तामाङ समेत २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले चकरीबाट अमलेखगंजतर्फ आउँदै गरेको ना.२ ह ११६० नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दियाको मधुवन नगरपालिका-५ स्थित १७ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित सोही नगरपालिका-५ गाउँ नम्बर ९ शान्तिपुर टोल बस्ने २३ वर्षीय रमेश चुदारालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *