यस वर्षको राष्ट्रिय धान दिवसको नारा तय

डिसी नेपाल
३ असार २०८३ ९:१७

काठमाडौं। यस वर्षको राष्ट्रिय धान दिवसको नारा तय गरिएको छ।

२३औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मूल समारोह समितिले यस बर्षको राष्टिय धान दिवस तथा रोपाइँ महोत्सवको नारा ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भता र समृद्धि’ भन्ने तय गरेको बालि विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख केशव देवकोटाले जानकारी दिएका छन्।

कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा २०६१ देखि असार १५ मा नै राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। यस वर्ष २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *