श्रममन्त्रीको जवाफप्रति असन्तुष्टि: श्रम संस्कृति पार्टीद्वारा संसद्‌मा वेल घेराउ र विरोध प्रदर्शन

डिसी नेपाल
३ असार २०८३ १४:०७

काठमाडौं। श्रम संस्कृति पार्टीका सांसदहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले प्रतिनिधिसभामा दिएको जवाफप्रति तीव्र असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलका क्रममा मन्त्री यादवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सांसदहरूले उठेर विरोध जनाएका हुन्। विरोधका क्रममा असन्तुष्ट सांसदहरूले संसद्को वेल घेराउ गर्दै मन्त्रीको भनाइको विरोधमा नाराबाजी समेत गरेका थिए।

संसद्‌मा श्रम संस्कृति पार्टीका सांसदहरूको नाराबाजी र वेल घेराउ जारी रहेकै अवस्थामा सभामुख डोलप्रसाद अर्यालले भने बैठकलाई निरन्तरता दिएका छन्। सदनमा अवरोध र विरोध प्रदर्शन कायम रहे पनि सभामुख अर्यालले दैनिक कार्यसूचीअनुसार नै बैठकको बाँकी प्रक्रियालाई अगाडि बढाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *