बागलुङमा दुई जिप एकापसमा ठोक्किए, पाँच जना घाइते
बागलुङ । बागलुङस्थित मध्यपहाडी लोकमार्गमा बुधबार दुईवटा जिप एकआपसमा ठोक्किएका छन् । बागलुङ नगरपालिका–३, रातमाटामा भएको उक्त दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।
बागलुङ बजारबाट बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज २७३९ नम्बरको फोर्टिस जिप र विपरीत दिशाबाट आउँदै गरेको लु २ च ६२०५ नम्बरको बोलेरो जिप आपसमा ठोक्किएका हुन्। फोर्टिस जिपमा १४ जना यात्रु सवार थिए।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार दुर्घटनामा परी निसीखोला गाउँपालिका–४ की १६ वर्षीया रेनु विक, १७ वर्षीया लक्ष्मी सुनार, १७ वर्षीया दिलमाया रसाइली, निसीखोला गाउँपालिका–३ का १५ वर्षीय हिमाल शाही ठकुरी र १७ वर्षीया लक्ष्मी विक घाइते भएका छन्।
घाइतेहरूको चिउँडो, आँखा, हात र मुखलगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरूलाई तत्काल उपचारका लागि धौलागिरि प्रादेशिक अस्पताल बागलुङ लगिएको र हाल त्यहीँ उपचार भइरहेको प्रहरीले जनाएको छ।







डिसी नेपाल







Facebook Comment