कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

डिसी नेपाल
३ असार २०८३ १९:१८

काठमाडौं। ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष थुनामा रहेका र जेनजी आन्दोलनको क्रममा गत भदौ २४ गते कारागारबाट भागी फरार रहेका टेकबहादुर तामाङ पक्राउ परेका छन्।

तामाङलाई यही असार २ गते तारकेश्वर–८ बाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेश गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।

प्रहरी प्रतिवेदन जाहेरीले प्रतिवादी तामाङ भएको अवैध रूपमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा काठमाडौं जिल्ला अदालतको आदेशले पुर्पक्ष थुनामा रहेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *