पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
काठमाडौं। सुर्खेतमा पौडी खेल्ने क्रममा एक जना युवकको डुबेर मृत्यु भएको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोलाको सुब्बाकुनाका २० वर्षीय मनोज बाडा मगरको झुप्राखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।
खोलामा नुहाउन गएका उनी डुबेपछि उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो।
अचेत अवस्थाका मगरलाई पौने १२ बजेतिर कर्णाली प्रदेश अस्पताल कालागाँउ पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी कबिन्द्रसिंह बोहराले बताए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment