जग्गा खण्डीकरणसम्बन्धी कानुनमा कडाई

डिसी नेपाल
४ असार २०८३ १६:१९

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिकाले जग्गा खण्डीकरणसम्बन्धी कानुन कडाईका साथ लागू गर्ने जनाएको छ ।

उपमहानगरपालिकाले १९औँ अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले उर्वर जमिनलाई घडेरीकरणमा लैजान खोज्ने प्रवृत्तिलाई छुट नदिने उद्घोष गरेका हुन्।

उनले बाँझो जमिन उपयोगका लागि भूमि बैंक कार्यक्रम कार्यान्वयनमा ल्याउने, भूमिहीन दलित र भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीका लागि जग्गा व्यवस्थापन गर्ने बताए।

नगर अधिवेशनमा नगर प्रमुख चौधरीले पुँजीगत बजेट खर्च क्षमता अभिवृद्धि गर्न आवधिक योजना, मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई आधार मानी वार्षिक योजना तथा कार्यक्रम लागू गरिने जानकारी दिए।

उनले सार्वजनिक जग्गाको पहिचान गरी संरक्षण गर्नेलगायतका काम क्रमशः गरिँदै जाने बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *