टोखा र कपिलवस्तुमा पुरुष मृत फेला, कास्कीमा किशोरी मृत भेटिइन्

डिसी नेपाल
४ असार २०८३ १७:३३

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका-८ गैरीगाउँस्थित सडक किनारमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन्।

कपिलवस्तुको बुद्धभूमी नगरपालिका-४ भगिरामपुर बस्ने ८० वर्षीया रूपासेन वली सोही ठाउँस्थित गुर्डुङ् खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

कास्कीको पोखरा महानगरपालिका-५ जिरो किमि डेरा गरी बस्ने रूपन्देही घर भएकी २४ वर्षीया प्रिती राना मगर आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन्।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *