गिनिज वर्ल्ड रेकर्डसका ‘आइकन’ बने हरि बुढा मगर
काठमाडौं । पूर्व गोर्खा सैनिक हरि बुढा मगरलाई गिनिज वर्ल्ड रेकर्डसले ‘आइकन’को रूपमा सम्मान गरेको छ ।
अफगानिस्तानमा ब्रिटिस सेनाको सेवाका क्रममा सन् २०१० मा घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका हरिले हार नमानी सन् २०२३ मे १९ मा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो डबल एबभनी एम्प्युटी बनेर इतिहास रचेका थिए ।
तीन सन्तानका पिता हरिले यो उपलब्धि कीर्तिमानका लागि मात्र नभई अपांगताप्रतिको सोच परिवर्तन गर्न र विश्वभरका मानिसलाई प्रेरित गर्न हासिल गरेको बताएका छन् ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment