बाजुरामा बस दुर्घटना, २४ जना घाइते

डिसी नेपाल
७ असार २०८३ ९:०७

धनगढी । बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। बुढीगंगा नगरपालिका–१० को रिठा बजार नजिकै आज बिहान पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १३५५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको हो।

दुर्घटनामा परेर बसमा सवार २४ जना घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नवराज कार्कीले दुर्घटनामा २४ जना घाइते भएको बताए।

उनीहरू मध्ये २३ जनालाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएको छ भने एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ। बसमा ३५ जना सवार रहेको कार्कीले बताए।

बस ब्रेक फेल भएर एक्कासी दुर्घटना भएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *