आज वर्षकै सबैभन्दा लामो दिन: काठमाडौंमा १३ घण्टा ५४ मिनेटको दिन, भोलिदेखि रात लम्बिने

डिसी नेपाल
७ असार २०८३ १०:५१

काठमाडौं। आज (जुन २१) यस वर्षकै सबैभन्दा लामो दिन परेको छ।

पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आजको दिन वर्षभरिका अन्य दिनको तुलनामा लामो हुने गर्दछ। खगोलीय विज्ञानमा यस प्रक्रियालाई ‘समर सोल्सटिस’ भनिन्छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५:०९ बजे सूर्योदय भएको छ भने साँझ ७:०३ बजे सूर्यास्त हुनेछ। यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ५४ मिनेटको रहनेछ।

आज वर्षकै सबैभन्दा लामो दिन भएसँगै भोलिदेखि दिनको अवधि क्रमशः छोटो र रात लामो हुँदै जानेछ। यो क्रम आगामी डिसेम्बर २१ (वर्षकै सबैभन्दा छोटो दिन) सम्म जारी रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *