रास्वपाको महाधिवेशन स्थलमा वर्षाले निम्त्यायो सास्ती: जमेको पानी हटाउन डोजरले माटो हालिँदै
चितवन । भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा आयोजना हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको कार्यक्रम स्थलमा पानी जमेको छ।
गएराति परेको मुसलधारे वर्षाका कारण महाधिवेशन स्थलको केही मुख्य भागमा ठूलो परिमाणमा पानी जमेपछि आयोजक पक्ष अहिले तीव्र गतिमा स्थल व्यवस्थापनको काममा जुटेका छन्।
जमेको पानी र हिलोका कारण मूल समारोह तथा प्रतिनिधिहरूलाई कुनै असर नपरोस् भनी सजगता अपनाउँदै डोजरको प्रयोग गरेर माटो हाल्ने र मैदान सम्याउने कार्य भइरहेको छ।
यसअघि बिहानै गृहमन्त्रीले समेत उक्त क्षेत्रको आकस्मिक निरीक्षण गरी पानी तत्काल निकास गर्न र व्यवस्थापन चुस्त राख्न स्थानीय प्रशासनलाई निर्देशन दिइसकेका छन्। अहिले विभिन्न आयोजक टिम र स्वयंसेवकहरू मैदानलाई यथाशक्य चाँडो कार्यक्रम योग्य बनाउन युद्धस्तरमा खटिएका छन्।






No ads found for this position


डिसी नेपाल
Facebook Comment