इरान-अमेरिका वार्ता: शाहबाज शरीफ र जेडी भान्स स्विट्जरल्याण्ड आइपुगे

डिसी नेपाल
७ असार २०८३ १४:३९

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ इरान-अमेरिका वार्तामा भाग लिन स्विट्जरल्याण्ड आइपुगेका छन्। यस यात्रामा शरीफका साथ फिल्ड मार्शल असीम मुनिर पनि छन्।

यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि स्विट्जरल्याण्ड आइपुगेका थिए। यसैबीच, इरानी प्रतिनिधिमण्डल शनिबार आइपुगेको थियो।

पछिल्ला केही महिनामा इरान र अमेरिकाबीच भएको वार्तामा पाकिस्तान मुख्य मध्यस्थकर्ता रहेको छ।

पाकिस्तानको विदेश मन्त्रालयले पहिले नै अमेरिका र इरानका प्रतिनिधिहरूका साथै पाकिस्तान र कतारका मध्यस्थकर्ताहरू पनि बैठकमा भाग लिने बताएको थियो।

दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भइसकेको छ। पाकिस्तानले पनि मध्यस्थकर्ताको रूपमा सम्झौतामा हस्ताक्षर गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *