तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण

डिसी नेपाल
८ असार २०८३ २१:३४

भरतपुर । भरतपुर–माडी सडकखण्डअन्तर्गत चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकको आज तीन जना मन्त्रीले निरीक्षण गरेका छन्।

पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकको स्थलगत निरीक्षण गरेका हुन्।

सडकमा सवारी आवतजावतलाई सहज बनाउनका लागि तत्कालका लागि डिविएसटी पिच गर्ने र दीर्घकालीन रुपमा समस्या समाधनका लागि धु्रवघाटमा पक्की पुल निर्माण गरेर व्यवस्थित सडक निर्माण गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताए। मन्त्री लम्सालले धु्रवघाटको पुल र सडकको निर्माणका लागि छिट्टै टेण्डर खोलिने बताए।

हुलाकी सडकखण्डअन्तर्गत पर्ने यो सडक माडीबाट भरतपुर आउने एक मात्र सडक हो। अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को काम भइरहेको छ । धु्रव पोष्टबाट राप्ती नदीमा ५०० मिटर लामो पुल निर्माण गरिने चितवन–३ का सांसद तथा मन्त्री सोविता गौतमले बताए। उनले निकुञ्जभित्र सडकको बैकल्पिक रेखाङ्कन भइरहेको जानकारी दिए।

धु्रवघाटमा पुल निर्माण भए माडी जाने बाटो झण्डै पाँच किलोमिटर छोटो हुनेछ। यो सडक भरतपुरबाट माडी ठोरी हुँदै वीरगञ्जसम्म पुग्छ। भरतपुरबाट भारतको सीमावर्ती क्षेत्र भिखना ठोरी जानका लागि यही मार्ग छोटो पर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *