नेतन्याहुको भनाइ: इजरायलले आफ्ना हतियार आफैँ बनाउनेछ
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले आफ्नो सुरक्षाका लागि अमेरिकासँगको सैन्य निर्भरता कम गर्नुपर्ने र हतियार निर्माणको आफ्नै क्षमता विकास गर्नुपर्ने बताएका छन्।
वेस्ट बैंकको एउटा क्षेत्रमा सैन्य अधिकारीहरूलाई सम्बोधन गर्दै नेतन्याहुले अमेरिकाले दशकौँदेखि इजरायललाई समर्थन गरेको र यसका लागि आफू कृतज्ञ रहेको बताएका छन्, तर अब इजरायलले आफ्ना हतियार आफैँ बनाउने र रक्षा उत्पादनमा आत्मनिर्भर बन्ने समय आएको उल्लेख गरेका छन्।
नेतन्याहुले इजरायल यस समयमा इरान र उसका सहयोगी सङ्गठनहरू विरुद्ध संघर्ष गरिरहेको बताएका छन्। इजरायलले उनीहरूलाई ठुलो क्षति पुर्याएको भए तापनि यो लडाईँ अझै नसकिएको उनले स्पष्ट पारेका छन्।
नेतन्याहुले आगामी समयमा इजरायलको स्थिति उसको सैन्य तागतमा निर्भर गर्ने भन्दै यसका लागि देशलाई अझ बलियो बनाउन आवश्यक रहेको बताएका छन्।







डिसी नेपाल







Facebook Comment