एमाले सचिवालय बैठक गुन्डुमा जारी
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको पक्राउ र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टीको सचिवालय बैठक सुरु भएको छ। भक्तपुरको गुन्डुमा आयोजित बैठकमा नेताहरूले पछिल्लो घटनाक्रमलाई गम्भीर रूपमा लिएका छन्।
यसअघि आजै च्यासलमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष पौडेलको गिरफ्तारीलाई ‘प्रतिशोधपूर्ण र गैरकानुनी’ कदमको संज्ञा दिएका छन्। उनले भने, ‘उहाँलाई यातना दिएर पक्राउ गरिएको छ, यो सरासर प्रतिशोध हो।’
यता, विशेष अदालतले पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा राखेर अनुसन्धान गर्न ७ दिनको अनुमति दिएको छ। विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले सोमबारदेखि लागू हुने गरी उक्त म्याद थप गरेको हो।
आइतबार सुर्खेतबाट पक्राउ परेका पौडेललाई राति नै स्थलमार्गबाट काठमाडौं ल्याइएको थियो। अनुसन्धानको ७ दिनको म्याद सकिएपछि विभागले उनलाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराउनुपर्नेछ।







डिसी नेपाल







Facebook Comment