रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, प्रस्तावकमा बालेन शाह

डिसी नेपाल
९ असार २०८३ २०:१०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको आगामी कार्यकालका लागि सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनको बन्दसत्र हलमा लामिछानेले आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ।

लामिछानेको उम्मेदवारीको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता तथा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) रहेका छन्। निर्वाचन आयोगले तोकेको कार्यतालिका अनुसार लामिछानेले सभापति पदका लागि उम्मेदवारी दिएका हुन्।

पार्टीभित्र सभापतिमा लामिछाने र वरिष्ठ नेतामा बालेन शाह निर्विरोध दोहोरिने समझदारी भएको बताइएको छ। रास्वपाको जारी महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले यो उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *