प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

डिसी नेपाल
१० असार २०८३ १५:४४

काठमाडौं । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ। संघीय संसद् सचिवालयले एक सूचना जारी गर्दै विशेष कारणवश बैठकको दिन र समय परिवर्तन गरिएको जानकारी दिएको छ।

सचिवालयका अनुसार अब उक्त बैठक शुक्रबार बस्ने तय भएको छ। प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठक सारिएको हो।

यसअघि संसद्को बैठक बिहीबारका लागि निर्धारण गरिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *