धनुषामा पेस्तोल, म्यागजिन र गोलीसहित दुई जना पक्राउ

डिसी नेपाल
१३ असार २०८३ १६:४०

जनकपुर। धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन्।

जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपािलका ०४ का २० वर्षिय अमन यादव र हंसपुर नगरपालिका ०६ का १८ वर्षिय सुधिर मुखिया रहेका छन्। उनीहरुको साथबाट पेस्तोसहित एक थान ९ एमएमको गोली त्यस्तै, ६.६५ एमएमको गोली एक थान र म्यागजिनसमेत बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

पक्राउ परेका दुबै जनालाई हिरातमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *