बन्दीको रकम असुली गरेको आरोपमा एक जना पक्राउ

डिसी नेपाल
१३ असार २०८३ १६:५९

मोरङ । जिल्ला प्रहरी कार्यालय मोरङले बन्दीहरूमाथि अनुचित प्रभाव पारेर अवैध रूपमा रकम असुली गरेको आरोपमा एक जनालाई आज विराटनगरबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका-८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध रकम असुली गरिरहेको विशेष सूचनाका आधारमा निजको घर खानतलासी गरी घरबाटै पक्राउ गरिएको हो।

पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *