रूखबाट खसेर बालिकाको मृत्यु

डिसी नेपाल
१३ असार २०८३ २१:१२

बाजुरा। जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले राससलाई जानकारी दिए।

उनका अनुसार शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते रावतको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

रूखबाट खसेर गम्भीर घाइते भएकी बालिकालाई अछाम बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *