प्रधानमन्त्रीले विवादित अभिव्यक्तिको जवाफ चितवनबाट होइन, सदनबाटै दिनुपर्छ: सांसद आरेन राई

डिसी नेपाल
१४ असार २०८३ १२:२२

काठमाडौँ।श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को विवादित अभिव्यक्तिको जवाफ चितवनबाट आएको भन्दै त्यसमा गम्भीर असन्तुष्टि जनाएका छन्।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राईले प्रतिपक्षले संसद्मा विरोधका लागि मात्र विरोध नगरेको स्पष्ट पारे।

प्रधानमन्त्रीले दिएको राष्ट्रघाती अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस् भन्ने माग लामो समयदेखि उठाउँदै आए पनि त्यसको सुनुवाइ अहिलेसम्म नभएकोमा उनले आक्रोश व्यक्त गरे।

प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रहितमा थियो कि थिएन भन्नेबारे सदनमै स्पष्ट हुनुपर्ने भन्दै उनले यदि त्यो राष्ट्रको हितमा भए रेकर्डबाट नहटाइयोस्, तर राष्ट्रघाती पाइएमा तत्काल हटाउनुपर्ने माग गरे।

आफूहरूले प्रधानमन्त्रीको उत्तर चितवनको मञ्चबाट नभई यही सार्वभौम संसद्बाटै खोजेकाले प्रधानमन्त्रीले सदनमै आएर स्पष्टीकरण दिनुपर्ने उहाँको भनाइ थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *