कर प्रणालीलाई सरल र पूर्वानुमानयोग्य बनाउन सांसद सुशील खड्काको संशोधन प्रस्ताव
काठमाडौं। प्रतिनिधि सभा सदस्य सुशील खड्काले निजी क्षेत्रलाई प्रोत्साहन गर्नका लागि सहज, स्पष्ट र पूर्वानुमानयोग्य कर प्रणाली आवश्यक रहेको भन्दै आर्थिक विधेयक, २०८३ माथि संशोधन प्रस्ताव प्रस्तुत गरेका छन्।
आर्थिक विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद खड्काले नेपालको अर्थतन्त्रको एउटा बलियो मेरुदण्ड निजी क्षेत्र भएको स्पष्ट पारे। देशमा लगानी भित्र्याउने, रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने र राज्यलाई करमार्फत ठूलो योगदान पुर्याउने मुख्य क्षेत्र नै निजी क्षेत्र भएकाले यसलाई सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
सांसद खड्काले निजी क्षेत्रलाई अनावश्यक कर तथा भन्सार सम्बन्धी अस्पष्टता र जटिल प्रक्रियाले अल्झाउनुको सट्टा सरल, स्पष्ट र स्थिर कानुनी व्यवस्था ल्याएर प्रोत्साहित गर्नुपर्नेमा जोड दिए।
उनले कर र भन्सार प्रशासनमा रहेका कानुनी अस्पष्टताहरूलाई पूर्ण रूपमा हटाई व्यावसायिक सहजता अभिवृद्धि गर्नुपर्ने धारणा राखे। मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा समग्र कर प्रणालीलाई अझ सरल, पारदर्शी र विश्वसनीय बनाउनका लागि आफूले संशोधनमार्फत संसद्मा बलियो ढङ्गले धारणा राखेको सांसद खड्काले जानकारी दिए।






डिसी नेपाल





Facebook Comment