राशिफल: धनलक्ष्मी योग परेका वृश्चिकलाई फाइदा, कुन राशिलाई छ संकट?

डिसी नेपाल
१६ असार २०८३ ६:३२

मेष : दिन राम्रो छ। यात्रा सहज बन्ने छ। स्वास्थ्यमा समस्या हुँदा मन अशान्त बन्ने जोखिम छ। शिक्षाको क्षेत्रमा घाटा हुने खतरा छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृष : दिन सामान्य छ। ठुलो कामको सुरुवात नगर्नु राम्रो हुन्छ। परिवारको कारणले मनमा चिन्ता थपिने छ। आफन्तसँग विवाद नगर्नु राम्रो हुन्छ। संकटमा प्रेम सम्बन्ध भने सुमधुर बन्ने देखिन्छ।

मिथुन : गुम्न लागेको धन प्राप्त हुनेछ। सहकर्मीको साथ र सहयोग मिल्ने छ। विपक्षी साथी शान्त रहेकाले काम सहजै बन्ने छ। छोटो दूरीको यात्राको योजना सफल बन्ने देखिन्छ।

कर्कट : आज विवादमा नफस्नु उचित हुनेछ। तपाईंलाई काममा खटाएर लाभ लिने व्यक्ति सक्रिय भएकाले सचेत बन्नु उचित हुन्छ। बिहान उठेर धार्मिक कार्यमा सहभागी भएर दैनिक कामको सुरुवात गरेमा फाइदा हुनेछ।

सिंह : दिन राम्रो छ। काम गर्दा सचेत बन्नुभएमा फाइदा हुनेछ। परिवारमा खुशी मिल्ने छ। दाम्पत्य जीवन सुखमय बित्ने छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : सञ्चित धन खर्च हुनेछ। आज यात्रा नगर्नु उचित हुनेछ। पैसा तपाईंको हातमा नबस्ने भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ। हरेक काममा थप मिहिनेत गर्नुपर्ने छ।

तुला : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ। परिवारको साथमा बसेर रमाइलो गर्नु उचित हुन्छ। दाम्पत्य जीवन सुखमय बित्नेछ।

वृश्चिक : धनलक्ष्मी योग भएकाले सम्पत्ति सदुपयोग गर्नु उचित हुन्छ। साथीभाइसँगको सम्बन्ध सुमधुर बन्ने छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने खतरा हुनसक्छ। शिक्षाका क्षेत्रमा भने सुधारका संकेत देखिने छन्।

धनु : सानो कुराले मनमा खुसी बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

मकर : दिन सामान्य छ। स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने छ। मन अशान्त बन्ने जोखिम छ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा सुधार हुनेछ।

कुम्भ : दिन राम्रो छ। शुभग्रहको बहुमत भएकाले सोचेको काम बन्ने छ। खर्च बढे पनि इज्जत बढ्ने छ। दाम्पत्य जीवन सुखमय बन्ने छ। सुखद् यात्राको तय हुने दिन छ।

मीन : दिन राम्रो छ। व्यापारमा लाभ मिल्ने छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। दाम्पत्य जीवनमा तपाईंको तर्कको जित हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *