६ थान भरूवा बन्दुक बरामद

डिसी नेपाल
१६ असार २०८३ १७:२८

म्याग्दी । प्रहरीले देशका छुट्टाछुट्टै स्थानबाट ६ थान भरुवा बन्दुक बरामद गरेको छ।

रघुगंगा गाउँपालिका-५ स्थित झीँ सामुदायिक वनबाट भरूवा बन्दुक ३ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो।

यसैगरी म्याग्दीको रघुगंगा गाउँपालिका-७ चिमखोला नजिकबाट भरूवा बन्दुक ३ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ। अस्थायी प्रहरी पोष्ट चिमखोलाबाट खटिएको प्रहरीले उक्त बन्दुकहरू फेला पारी बरामद गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *