सिरहामा स्कुल बसको ठक्करबाट ५ वर्षीया बालिका र सहचालकको मृत्यु

डिसी नेपाल
१६ असार २०८३ २१:५७

सिरहा। सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका–२, पर्सास्थित भित्री सडकखण्डमा स्कुल बसले किच्दा एक ५ वर्षीया बालिका र बसका सहचालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा बसका सहचालक लहान नगरपालिका–२२ का २५ वर्षीय ओमप्रकाश यादव र सोही विद्यालयमा अध्ययनरत ५ वर्षीया समीक्षा कुमारी साह रहेकी छिन्। बालिका सप्तरीको बोधेबरसाइन नगरपालिका–८, काचन घर भई हाल मावली घर लक्ष्मीपुरपतारी–२ मा बस्दै आएकी थिइन्।

बुधबार अपराह्न पायोनियर एजुकेसन एकेडेमीको को१ख ३५९९ नम्बरको बसले विद्यार्थीलाई घरमा छोडेर विद्यालयतर्फ फर्किने क्रममा उक्त दुर्घटना भएको हो। प्रहरीका अनुसार, बालिकालाई बसबाट झार्ने क्रममा चालकले बस अगाडि बढाउँदा पछाडिको चक्काले च्याप्दा दुवै जनाको ज्यान गएको हो।

दुर्घटनापछि बस र त्यसका सहचालकको मृत्यु भएसँगै बसका चालक फरार रहेका छन्। इलाका प्रहरी कार्यालय महेशपुरपतारले दुर्घटनामा संलग्न बसलाई नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी कार्य तीव्र पारिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *