आजको राशिफल: जान्नुहोस् कस्तो रहनेछ तपाईंको दिन र कस्ता छन् ग्रहयोग?

डिसी नेपाल
१७ असार २०८३ ६:२९

मेष : आज रोकिएका कार्य सम्पन्न हुने दिन छ। आम्दानी बढ्नेछ भने व्यापारमा लगानी गर्नु उचित हुनेछ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारमा रमाइलो घुमघामको योजना तय हुनेछ।

वृष : बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। स्वास्थ्यमा सुधार आउनेछ। शिक्षाको क्षेत्रमा भने थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

मिथुन : सहकार्य गरेर व्यापारमा लगानी गर्नु उचित हुनेछ। धार्मिक व्यक्तिसँगको भेटघाटले काम बन्ने योग छ। प्रेम सम्बन्धमा केही खटपटी बढ्न सक्ने भएकाले आज कम बोल्नु नै हितकर हुनेछ।

कर्कट : आज थोरै र सोचेर मात्र बोल्नु उचित हुनेछ। दैनिक व्यवहार गर्दा विशेष सचेत बन्नुपर्ने देखिन्छ। उत्तर दिशाको यात्रा नगर्नु राम्रो हुन्छ। हरेक क्षेत्रमा थप मिहिनेत र परिश्रम गर्नुपर्ने दिन छ।

सिंह : आजको दिन राम्रो छ। बोलीको प्रभावले महत्वपूर्ण काम बन्नेछन्। आफ्नो गोपनीयता भङ्ग नगर्नु उचित हुनेछ। राज्यका तर्फबाट केही भय र त्रासको जोखिम छ, तर प्रेम सम्बन्ध भने सुमधुर रहनेछ।

कन्या : अनावश्यक यात्रा र खर्च बढ्न सक्छ। सञ्चित धन खर्च हुँदा मनमा केही चिन्ता बढ्नेछ। विरोधी वा विपक्षी साथीहरूले पनि तपाईंको प्रशंसा गर्नेछन्। स्वास्थ्यले साथ दिनेछ भने प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : सामाजिक प्रतिष्ठा मिल्नेछ। कला र सिर्जनाको क्षेत्रमा तपाईंको श्रमको उचित मूल्य प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा थप मिहिनेत आवश्यक देखिन्छ। परिवारको साथमा रमाइलो घुमघामको यात्रा तय हुनेछ।

वृश्चिक : आजको दिन फलदायी छ। श्रमको उचित मूल्याङ्कन र मूल्य प्राप्त हुनेछ। रोगलाई सानो ठानेर वेवास्ता गर्दा पछि घाटा हुन सक्छ। काम गर्दा अग्रजको सल्लाह लिएर गर्नु राम्रो हुन्छ। व्यापारमा फाइदा हुनुका साथै परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

धनु : बोलीको प्रभावले रोकिएका काम बन्नेछन्। शिक्षा क्षेत्रमा प्रगति हुनेछ भने विगतको लगानीबाट नाफा आर्जन हुनेछ। स्वास्थ्यमा सुधार आउने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ, तर परिवारभित्रका सदस्यबाट धोका हुन सक्ने भएकाले सचेत रहनुहोला।

मकर : आजको दिन सामान्य रहनेछ। पूर्व दिशाको लामो यात्रा नगर्नु नै राम्रो हुन्छ। सञ्चित धन खर्च हुनाले मन केही उदास हुन सक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कुम्भ : आजको दिन शुभ छ। ग्रहहरूको अनुकूलताका कारण यात्रा सहज र सुखद बन्नेछ। स्वास्थ्यमा केही समस्या देखिँदा मन उदास हुन सक्छ। शिक्षामा गरेको मिहिनेतको मीठो फल प्राप्त हुनेछ। भगवान् शिवको आराधना वा भजन सुनेर कामको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : पुराना र रोकिएका कामहरू पुनः सुचारु हुने दिन छ, जसले मनमा खुसी ल्याउनेछ। साथीभाइसँगको भेटघाटले नयाँ र दीर्घकालीन योजनाहरू बन्नेछन्। पारिवारिक मेलमिलाप र सद्भावको राम्रो योग रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *