अन्तरङ्ग दृश्यले अभिनेत्रीको ब्रेकअप, प्रेमीले सुटिङ सेटमै पुगेर निर्माताबाट सीन परिवर्तन गराएको खुलासा

डिसी नेपाल
१७ असार २०८३ १२:२३

मुम्बई । भोजपुरी, टेलिभिजन र हिन्दी चलचित्र उद्योगकी चर्चित अभिनेत्री त्रिधा चौधरीले प्रकाश झाको चर्चित वेब सिरिज ‘आश्रम’ मा अभिनेता बबी देओलसँग दिएको अन्तरङ्ग (बोल्ड) दृश्य र त्यसका कारण आफ्नो वास्तविक जीवनमा परेको गम्भीर असरबारे पहिलो पटक सञ्चारमाध्यममा खुलासा गरेकी छिन् ।

सिरिजमा ‘बबिता भाभी’ को भूमिका निभाएर निकै चर्चा र लोकप्रियता कमाएकी त्रिधाले हालै एक अन्तर्वार्ता (पोडकास्ट) मा उक्त बोल्ड सिनकै कारण आफ्नो वैवाहिक जीवनतर्फ अघि बढिरहेको प्रेम सम्बन्ध सदाका लागि टुङ्गिएको पीडादायी अनुभव सुनाएकी हुन् ।

त्रिधाका अनुसार सिरिजको सुटिङ भइरहेका बेला उनका तत्कालीन प्रेमी सुटिङ सेटमै पुगेर निर्माता तथा निर्देशक प्रकाश झासँग विवाद गर्दै थुप्रै दृश्यहरू परिवर्तन गर्न दबाब दिएका थिए। प्रेमीले निर्देशकसँग ‘म यो केटीसँग भविष्यमा विवाह गर्दैछु, त्यसैले यस्ता अत्यधिक कोजी र बोल्ड दृश्यहरू राख्न मिल्दैन’ भन्दै कतिपय सिनहरू पुनः लेख्न लगाएका थिए।

अभिनेत्री त्रिधाले सिरिजमा बाहिर चर्चा गरिए जस्तो अश्लील वा सीमा पार गरेका दृश्यहरू नभएको दाबी गर्दै ती सबै अभिनय र भूमिकाको माग मात्र भएको स्पष्ट पारेकी छिन् । पर्दामा देखिने रोमान्टिक वा अन्तरङ्ग दृश्यहरूको सुटिङका बेला पर्दा पछाडि धेरै प्राविधिकहरूको उपस्थिति हुने र आफूहरूले निकै रमाइलो गर्दै व्यावसायिक रूपमा सुटिङ गर्ने गरेको भए तापनि उनका प्रेमीले त्यस व्यावसायिकतालाई बुझ्न नसकेको उनको भनाइ छ।

सुटिङ सेटमा प्रेमीले सिर्जना गरेको तनाव र संकीर्ण सोचका कारण सिरिज प्रसारण लगत्तै उनीहरूबीच औपचारिक रूपमा ब्रेकअप भएको थियो। त्रिधाले आफ्नो जीवनको त्यो सबैभन्दा कठिन र अन्धकार समयमा आफूले सबैभन्दा बढी भरोसा गरेको मान्छेले नै साथ छोडेकोमा गहिरो दुःख व्यक्त गर्दै भनेकी छिन्, ‘जे भयो, त्यसले मलाई चोट त पुर्‍यायो, तर जिन्दगी कसैका लागि रोकिँदैन। मैले आफ्नो काम र कलालाई सधैँ प्राथमिकता दिइरहनेछु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *