कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफबीच १० वर्षे सहकार्य सम्झौतामा हस्ताक्षर

डिसी नेपाल
१७ असार २०८३ १७:४९

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालय र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल बीच १० वर्षे सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बुधबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्रालय र डब्लूडब्लूएफ नेपालबीच सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म लागू हुने १० वर्षे सहकार्यसम्बन्धी कार्यक्षेत्र (स्कोप अफ कोअपरेसन) मा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार सन् २०२६ जुलाईदेखि सन् २०३६ जुनसम्म दुवै पक्षबीच जैविक विविधता संरक्षण, वन व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, प्राकृतिक स्रोतको दिगो उपयोग तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गरिनेछ।

मन्त्रालयका प्रतिनिधि तथा डब्लूडब्लूएफ नेपालका अधिकारीहरूको उपस्थितिमा सम्पन्न हस्ताक्षर कार्यक्रमले आगामी १० वर्षसम्म नेपालमा संरक्षण तथा वातावरणीय कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *