ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

डिसी नेपाल
१७ असार २०८३ १७:५३

काभ्रे। पाँचखाल नगरपालिका-४ पाँचखालस्थित सडकमा बा.प्र.०८-००१ ज ०१५० नम्बरको ईभी गाडीले प्र.३-०२-०१३ प ९५०१ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सिन्धुपाल्चोक जलबिरे गाउँपालिका-१ घर भएकी २४ वर्षीया मिन कुमारी श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ईभी गाडीमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले ईभी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *