भरूवा बन्दुकसहित एक जना पक्राउ

डिसी नेपाल
१७ असार २०८३ १८:३४

सल्यान। बनगाड कुपिण्डे नगरपालिका-४ देउली बस्ने ४२ वर्षीय गोपाल परियारलाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय देवस्थलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *