दैनिक राशिफल: मेष र वृश्चिकलाई धन लाभ, मिथुन र कुम्भले सावधानी अपनाउनुपर्ने

डिसी नेपाल
१८ असार २०८३ ६:३३

मेष (Aries)

सहकार्यमा गरेको व्यापारबाट नाफा हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ख्याल गर्नुपर्ने छ।

वृष (Taurus)

काम बन्ने दिन छ। तपाईंको बोलीको प्रभाव रहने छ। धन खर्च भए पनि इज्जतमा बढुवा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सामान्य बन्दा राजनीतिमा घाटा हुनेछ।

मिथुन (Gemini)

सम्पत्तिका पछाडि लाग्दा इज्जत गुम्ने जोखिम छ। राजनीतिक क्षेत्रमा ठगले सताउने जोखिम छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। पारिवारिक झमेला हुनेछ।

कर्कट (Cancer)

शुभ दिन छ। साथीको साथ मिल्नेछ। दैनिक काम सहज बन्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

सिंह (Leo)

सतर्क रहनुपर्नेछ। व्यवहारमा एकरुपता नहुँदा परिवारमा खटपटी बढ्ने छ। राजनीतिक क्षेत्रमा साथीको साथ मिल्ने छ।

कन्या (Virgo)

शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। मन शान्त बन्ने छ। परोपकारको भावना जागृत हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्।

तुला (Libra)

अनावश्यक यात्रामा खर्च बढ्ने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल अर्कैले खाने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ।

वृश्चिक (Scorpio)

आज गुम्न लागेको धन हात लाग्नेछ। पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछन्। निर्णय गर्ने क्षमता बढ्नेछ। उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु (Sagittarius)

दिन राम्रो छ। पुराना रोगबाट छुटकारा पाउने दिन छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ। शिक्षामा प्रगति हुनेछ।

मकर (Capricorn)

साथीको साथ मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको नतिजाका लागि केही समय कुर्नुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कुम्भ (Aquarius)

सानो कुराले मनमा झन्झट थपिने छ। रोगले सताउने छ। मनमा चिन्ता थपिने छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मीन (Pisces)

दिन राम्रो छ। लगानी गरेको भए व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यका क्षेत्रमा गरेको मिहिनेत सफल बन्ने छ। बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *