शिक्षासमितिको बैठक आज बस्दै, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल हुने

डिसी नेपाल
१८ असार २०८३ ७:५७

काठमाडौं। संघीय संसद् अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहान ९ बजे सिंहदरबारस्थित समितिको हलमा बस्न लागेको हो।

आजको बैठकमा विशेष गरी ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा दफावार छलफल गर्ने मुख्य कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा विधेयकका प्रावधानहरू, यसको व्यावहारिक कार्यान्वयन र प्रयोगशालाको सुदृढीकरणका विषयमा समिति सदस्यहरूबीच विस्तृत छलफल हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *