पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा संस्कृतिकर्मी एवं कवि तीर्थ श्रेष्ठ नियुक्त

डिसी नेपाल
१८ असार २०८३ ८:०२

काठमाडाैं। विशिष्ट संस्कृतिकर्मी तथा कवि तीर्थ श्रेष्ठ पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा नियुक्त भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलको मन्त्रीस्तरीय निर्णयबाट पोखरा निवासी श्रेष्ठ बुधबार सो पदमा नियुक्त भएका हुन्। कोषको मौजुदा व्यवस्था अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नै यसको पदेन अध्यक्ष रहने प्रावधान छ।

नवनियुक्त सदस्य सचिव श्रेष्ठ पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरको संरक्षण, संवर्द्धन एवं विकासमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्। उनी विगत २५ वर्षदेखि विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिमा आबद्ध रही सेवा गरिरहेका छन् भने हाल उनी सोही समितिको वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन्।

बहुआयामिक व्यक्तित्वका धनी श्रेष्ठ यसअघि नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सदस्य सचिव भइसकेका छन् भने उनले पोखराको पूर्वप्रधानपञ्चका रूपमा समेत काम गरिसकेका छन्। उनको यो लामो सांस्कृतिक एवं प्रशासनिक अनुभवले पशुपति क्षेत्रको विकास र व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *