आमिर खानको विवाह जुलाई ५ मा, कार्यक्रमको विवरण यस्तो छ

डिसी नेपाल
१९ असार २०८३ ११:५४

काठमाडौं । बलिउड सुपरस्टार आमिर खानले आफ्नो विवाह कार्यक्रमको विवरण दिएका छन्।

मुम्बईमा आयोजित एक कार्यक्रममा उनले भने , “मेरो विवाह जुलाई ५ मा हुँदैछ। यो हाम्रो लागि एकदमै विशेष दिन हो। विवाह समारोहमा दुवै पक्षका परिवार र केही नजिकका साथीहरू मात्र उपस्थित हुनेछन्। विवाह घरमै हुनेछ। म चाहन्छु कि सबैले प्रार्थना गरून् र हामीलाई आशीर्वाद देऊन्। हामी खुसी रहून् र हाम्रो यात्रा राम्रो रहोस्।”

आमिर खानले जुलाई ५ मा गौरी स्प्रेटसँग विवाह गर्दैछन्। आमिर खानले यस वर्षको सुरुमा आफ्नो ६० औं जन्मदिनमा गौरी स्प्रेटलाई पहिलो पटक मिडियासँग परिचय गराएका थिए र सार्वजनिक रूपमा उनीहरूको सम्बन्धको पुष्टि गरेका थिए।

आमिर खानको पहिलो विवाह रीना दत्तासँग भएको थियो, जसबाट उनका दुई छोराछोरी जुनैद खान र आयरा खान छन्। त्यसपछि उनले फिल्म निर्माता किरण रावसँग विवाह गरे, जसबाट उनको एक छोरा आजाद छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *