सिरहामा लागूऔषध कारोबारी भारतीय नागरिकलाई गोली हानी पक्राउ
काठमाडौं । सिरहामा प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक भारतीय नागरिकलाई गोली प्रहार गरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लाका ३५ वर्षीय अब्दुल कलाम रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) दुर्गाराज रेग्मीका अनुसार, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कलामलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा एक राउन्ड गोली प्रहार गरेको हो।
ब्यूरोका अनुसार, ४/५ जनाको समूहमा रहेका व्यक्तिहरू लागूऔषध कारोबार गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। सोही क्रममा प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा उक्त समूहले प्रहरीमाथि नै जाइलागेपछि स्थिति नियन्त्रणमा लिन र आत्मरक्षाका लागि बाध्यतावस गोली चलाउनुपरेको प्रहरीको दाबी छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment