दैनिक राशिफल: मेषलाई लाभ, मीनलाई खर्च; कस्तो छ तपाईंको भाग्य?

डिसी नेपाल
२१ असार २०८३ ६:३३

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आजको दिन तपाईंको लागि निकै राम्रो रहनेछ। कार्यक्षेत्रमा सोचेअनुरूप सफलता मिल्नेछ भने व्यापार व्यवसायमा पनि राम्रो फाइदा हुने योग छ। पठनपाठन र बौद्धिक कार्यमा रुचि बढ्नेछ। परिवारका सदस्यहरूसँग रमाइलो घुमघामको अवसर मिल्नेछ, जसले दाम्पत्य जीवनलाई थप सुमधुर बनाउनेछ। आज तपाईंको श्रमको उचित मूल्य प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

तपाईंको बोलीको प्रभाव बढ्नेछ र बोलीकै भरमा अड्किएका कामहरू बन्नेछन्। आर्थिक रूपमा धन लाभ हुने योग छ। तर, स्वास्थ्यमा भने केही गढबढी वा कमजोरी देखिन सक्छ, सचेत रहनुहोला। समाजका बौद्धिक व्यक्तिहरूसँगको भेटघाटले मनमा खुसी र उत्साह जगाउनेछ। प्रेम सम्बन्ध सुमधुर र प्रगाढ बन्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज शुभ दिन रहेको छ। लामो समयदेखि आँटेका र प्रयास गरेका कामहरू सफल हुनेछन्। कुनै धार्मिक वा आध्यात्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति र सकारात्मक ऊर्जा मिल्नेछ। स्वास्थ्यमा पनि राम्रो सुधारका संकेतहरू देखिनेछन्। पारिवारिक मामिलामा आज थोरै बोल्नु र काममा बढी ध्यान दिनु नै राम्रो हुनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मनमा अनायासै चिन्ता र छटपटी बढ्न सक्छ। साना-साना कुराले पनि मन तरंगित र अशान्त हुने सम्भावना छ। कुनै धार्मिक क्षेत्रको यात्रा तय हुन सक्छ। सामाजिक वा पारिवारिक वृत्तमा बोल्नु अगाडि तीन पटक सोचेर मात्र आफ्ना कुरा राख्नुहोला। यद्यपि, प्रेम सम्बन्धका मामिलामा भने दिन सुमधुर र सहयोगी रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

व्यापार व्यवसायमा संलग्नहरूका लागि आज फाइदाजनक दिन छ। शिक्षाको क्षेत्रमा सोचेजस्तो राम्रो नतिजा प्राप्त हुने देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर र सहयोगी बन्नेछ। समग्रमा दिन राम्रो भए पनि हरेक कामलाई पूर्णता दिन आज थप मिहिनेत र परिश्रम गर्नुपर्ने समय छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थ्य स्थिति मजबुत रहनेछ र शरीरमा ऊर्जा कायम रहनेछ। तर, दाम्पत्य जीवन वा वैवाहिक सम्बन्धमा केही मनमुटाव र असमझदारी बढ्न सक्छ। कार्यक्षेत्र र घर दुवैतिर थोरै बोलेर काम धेरै गर्नुपर्ने समय छ। व्यापार व्यवसायमा थप श्रम र समय खर्चनुपर्ने देखिन्छ। संकटको बेला साथीभाइको राम्रो साथ र सहयोग मिल्नेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

जीवनमा कुनै महत्त्वपूर्ण काम बन्ने विशेष दिन छ। सामाजिक क्षेत्रबाट मानसम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा सफलता मिल्नेछ। तर, राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरूले भने आज अलि सचेत बन्नुपर्ने समय छ। प्रेमी-प्रेमिकाबीचको सम्बन्ध सुमधुर र कसिलो बन्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आम्दानीको तुलनामा धन खर्च बढी हुने दिन छ। सानो र सामान्य कुराले पनि मन अस्थिर वा तरंगित हुन सक्छ। कुनै पनि नयाँ निर्णय लिनुअघि अभिभावक वा अग्रजको सल्लाह लिनु नै उचित हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्रले साथ दिने भएकाले मानसिक रूपमा भने सन्तुष्टि प्राप्त हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको दिन तपाईंको लागि अनुकूल र राम्रो छ। स्वास्थ्य सम्बन्धी पुराना समस्याहरूमा सुधार हुनेछ। तपाईंका विपक्षी वा प्रतिस्पर्धीहरू बौद्धिक भएकाले उनीहरूसँग व्यवहार गर्दा विशेष सचेत बन्नुपर्नेछ। कुनै पनि क्षेत्रमा साझेदारीमा मात्र लगानी गर्नु उचित हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा थप सफलता मिल्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

दिन सकारात्मक रहेको छ। सञ्चित गरिराखेको धन खर्च हुने योग भए पनि यसले तपाईंको सामाजिक इज्जत र प्रतिष्ठा बढाउनेछ। यदि जागिरे हुनुहुन्छ भने पदोन्नती वा जिम्मेवारी थपिने सम्भावना छ। गुरु वा मार्गदर्शकको पूर्ण साथ र सहयोग मिल्नेछ। यद्यपि, विपक्षी साथीहरूसँग अलि सचेत बन्नुपर्ने दिन छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आजको दिन उत्साहजनक रहनेछ। कुनै धार्मिक वा ऐतिहासिक क्षेत्रको भ्रमण हुने योग छ। आफन्त तथा पुराना मित्रहरूसँगको भेटघाटले भविष्यका लागि नयाँ योजनाहरू बन्नेछन्। शिक्षाका क्षेत्रमा भने आज अल्छीपन हाबी हुन सक्छ, जसले दुःख दिन सक्छ। परिवारसँगको सम्बन्ध सुमधुर र आत्मीय रहनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

आज आर्थिक रूपमा खर्च बढ्ने योग छ। स्वास्थ्यमा केही समस्या वा कमजोरी महसुस हुन सक्छ, खानपानमा ध्यान दिनुहोला। कुनै पनि कार्य गर्दा परिवारले दिएको सुझाव अनुसार अगाडि बढेमा विशेष फाइदा हुनेछ। दिन थोरै अप्ठेरो र चुनौतीपूर्ण भए पनि प्रेम सम्बन्ध भने सुमधुर र सहयोगी रहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *