डोल्पा जिप दुर्घटना : एक जनाको मृत्यु, १३ जना घाइते
डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका-४, मौरेलेखमा आज भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार, दिउँसो करिब १:५० बजे जगदुल्ला-४, माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप सडकबाट करिब २० मिटर तल खसेको थियो।
दुर्घटनामा परी त्रिपुरासुन्दरी नगरपालिका-८, डोल्पाका ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको छ।
जिपमा चालकसहित कुल १४ जना सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिएका छन्।
हाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ भने घाइतेहरूको विवरण सङ्कलन गर्ने कार्य जारी रहेको छ।






डिसी नेपाल





Facebook Comment