सिरहामा १२ हजार घुससहित वन कार्यालयका प्रमुख रंगेहात पक्राउ
जनकपुरधाम । सिरहास्थित सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख रामकेवल राय यादव घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई मङ्गलबार १२ हजार रुपैयाँ घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार, यादवले कर्जन्हा नगरपालिका–२ मा सञ्चालित एक काठ उद्योगका सञ्चालकसँग घुस रकम असुल गरिरहेका थिए। उद्योगीले विभिन्न स्थानबाट ल्याएका तीन ट्रक काठको प्रतिट्रक चार हजारका दरले जम्मा १२ हजार रुपैयाँ घुस मागेपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए।
सोही उजुरीका आधारमा अख्तियारले ‘स्टिङ अप्रेसन’ गरी कर्जन्हा नगरपालिका–४ बाट यादवलाई रकमसहित पक्राउ गरेको हो। पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment