आजको राशिफल: मिथुन, कर्कट र मकरलाई सफलता, सिंह र धनु राशि भएकाले सचेत हुनुपर्ने

डिसी नेपाल
२४ असार २०८३ ६:२८

काठमाडौं। वैदिक ज्योतिष शास्त्रअनुसार सौरमण्डलमा ग्रहहरूको स्थान र नक्षत्रको चणका आधारमा दैनिक फलादेश गरिन्छ। सोही अनुसार आजको दिन १२ राशिका व्यक्तिहरूका लागि व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य र यात्राका दृष्टिकोणले कस्तो रहनेछ? पढ्नुहोस् आजको सम्पूर्ण राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन उत्तर दिशाको लामो यात्रा नगर्नु नै राम्रो हुनेछ। साथीभाइको व्यवहारले मन केही अशान्त वा खिन्न बन्न सक्छ। यद्यपि, व्यापार व्यवसायमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ। कार्यक्षेत्रमा साथीको साथ र सहयोग मिल्नेछ भने शिक्षाको क्षेत्रमा प्रगति हुने समय छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) तपाईंका लागि आजको दिन निकै राम्रो छ। बोलीको प्रभाव बढ्ने भएकाले बोलीकै भरमा बिग्रिएका कामहरू बन्नेछन्। स्वास्थ्यको ख्याल नगर्ने बानीले भने केही समस्या निम्त्याउन सक्छ। परिवारमा रमाइलो घुमघामको वातावरण बन्नेछ भने मिठो भोजन गर्ने अवसर प्राप्त होला। आम्दानीमा वृद्धि हुनेछ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, ह) बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा उल्लेख्य सुधार आउनेछ। पुराना साथीभाइको साथ र सहयोगले सोचेका कामहरू सजिलै बन्ने दिन रहेको छ। पारिवारिक मेलमिलाप र सामीप्यता बढ्नेछ। तर, आर्थिक वा व्यावहारिक लेनदेन गर्दा भने अलि सचेत हुनुपर्ने दिन छ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) शिक्षाको क्षेत्रमा सोचेजस्तै खुसी मिल्नेछ। विगतमा गरेको लगानीबाट राम्रो नाफा कमाउने समय छ। रोकिएका कामका लागि अलि हिम्मत र आँट गर्नुपर्ने दिन छ। परिवारको पूर्ण साथ र सहयोग मिल्नेछ। पुराना साथीभाइसँगको आकस्मिक भेटघाटले भविष्यका लागि नयाँ योजनाहरू बन्नेछन्।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) आज हरेक काममा केही न केही जोखिम थपिने सम्भावना छ, सचेत रहनुहोला। आम्दानीको तुलनामा खर्चको मात्रा बढ्नेछ। मनलाई शान्त राख्न धार्मिक वा सामाजिक कार्यमा सहभागी हुनु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर र बलियो बन्नेछ। साथीभाइसँग मिलेर काम गर्दा विशेष सावधानी अपनाउनु होला।

कन्या (टो, प, पी, पू, ष, ण, ठ, पे, पो) आज यात्रा गर्दा विशेष सचेत हुनुपर्ने देखिन्छ। घरमा कुनै शुभकार्यको सुरुवात हुन सक्छ। परिवारमा एकपछि अर्को समस्या थपिन सक्ने भएकाले आफ्नो गोपनीयता भङ्ग नगर्नु नै राम्रो होला। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। मिहिनेतको उचित फल मिल्ने दिन छ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) आज समाज वा कार्यक्षेत्रबाट मान-सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा क्रमिक सुधार देखिँदा मनमा खुसी र उत्साह मिल्नेछ। राज्यका तर्फबाट हुने कानुनी वा प्रशासनिक जोखिमबाट जोगिनु राम्रो हुनेछ। वैदेशिक क्षेत्र वा विदेशमा गरेको लगानीबाट राम्रो फाइदा हुने योग छ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) तपाईंका लागि आजको दिन अनुकूल छ। समाजका प्रतिष्ठित एवं विद्वान व्यक्तिहरूसँगको भेटघाट बढ्नेछ। बौद्धिक व्यक्तिहरूसँगको अन्तरक्रियाले कार्यक्षेत्रमा फाइदा पुग्नेछ। स्वास्थ्य सुधारका लागि गरिएका प्रयासहरूलाई निरन्तरता दिनु उचित हुन्छ। पश्चिम दिशाको लामो यात्रा नगर्नुहोला।

धनु (ये, यो, भ, भी, भू, ध, फा, ढा, भे) आज अनावश्यक र विनायोजनाको यात्राले दुःख दिन सक्छ। परिवारमा केही संकट वा असमझदारी देखिन सक्छ। प्रेम सम्बन्धमा धोका हुने जोखिम रहेकाले व्यवहारमा स्पष्टता राख्नुहोला। लगानी गरेको क्षेत्रमा सोचेभन्दा बढी मिहिनेत गर्नुपर्नेछ। यद्यपि, शिक्षामा भने प्रगति हुनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो) आज जीवनमा अचानक कुनै राम्रो अवसर प्राप्त हुन सक्छ। स्वास्थ्य सम्बन्धी समस्याहरू हल हुनेछन् र सोचेका काममा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको उचित फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा संलग्नहरूका लागि प्रगति हुने र व्यापारमा राम्रो नाफा हुने दिन छ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द) जीवनमा आइपरेका एकपछि अर्को अवरोधहरू स्वतः हट्दै जानेछन्। पठनपाठन र बौद्धिक कार्यमा रुचि बढ्नेछ। कतै छोटो वा लामो दूरीको यात्रामा जाने मौका मिल्न सक्छ र यात्रा सुखद् रहनेछ। पुराना तथा प्रिय साथीभाइसँगको भेटघाटले मनमा हर्ष र खुसी सञ्चार गर्नेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) तपाईंका लागि आजको दिन शुभ छ। शिक्षाको क्षेत्रमा नयाँ र राम्रा अवसरहरू प्राप्त हुनेछन्। आफन्त तथा इष्टमित्रहरूसँग भेटघाट बढ्नेछ। स्वास्थ्यमा केही सामान्य समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ख्याल गर्नुहोला। आज बिहानै कुनै गरिब वा असहायलाई दान गरेर दिनको सुरुवात गर्नु उचित हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *