बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइएको इरानको दाबी

डिसी नेपाल
२४ असार २०८३ १३:२४

काठमाडौं । इरानी सेनाले बहराइनमा रहेको अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ।

बीबीसीको फारसी सेवाका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा बहराइनको शेख इसा बेसमा अवस्थित अमेरिकी अड्डाहरूलाई लक्षित गरिएको उल्लेख छ।

विज्ञप्ति अनुसार, दक्षिणी इरानमा रहेका सैन्य र गैर-सैन्य क्षेत्रहरूमा अमेरिकी आक्रमण र १४-बुँदे समझदारीपत्रको उल्लङ्घनको जवाफमा यो कारबाही गरिएको हो। इरानी सेनाले ड्रोन प्रयोग गरेर आक्रमण गरिएको बताएको छ।

इरानी सेनाको विज्ञप्तिमा युद्धविराम उल्लङ्घन गरेमा परिणाम भोग्नुपर्ने चेतावनी पनि दिइएको छ र यस क्षेत्रका सबै अमेरिकी अड्डाहरूलाई इरानी ड्रोनहरूले निशाना बनाउने बताइएको छ।

बहराइनमा फेरि एकपटक विस्फोटको खबर सुनिएको बेला इरानी सेनाले यो दाबी गरेको हो।

बहराइनका एएफपी संवाददाताका अनुसार देशको उत्तरी भागहरूमा ठूलो विस्फोटको आवाज सुनिएको थियो।

इरानमाथि अमेरिकी आक्रमणको जवाफमा बहराइन र कुवेतमा रहेका अमेरिकी अड्डाहरूमा ८५ भन्दा बढी निशानाहरू निशाना बनाइएको रिभोलुसनरी गार्ड्सले दाबी गरेको केही समयपछि इरानी सेनाको यो बयान आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.