अमेरिका-इरान युद्धविराम भङ्ग भएपछि विश्व बजारमा हलचल, तेलको मूल्य बढ्यो, शेयर बजार ध्वस्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति सम्झौता र युद्धविराम पूर्ण रूपमा समाप्त भएको घोषणा गरेलगत्तै विश्वव्यापी आर्थिक बजार र उड्डयन क्षेत्रमा ठूलो धक्का लागेको छ।
मध्यपूर्वमा बढेको भू-राजनीतिक तनावका कारण कच्चा तेलको मूल्य आकासिएको छ भने एसियाली र युरोपेली सेयर बजारहरूमा तीव्र गिरावट दर्ता गरिएको छ।
अमेरिका-इरान तनाव पुनः उत्कर्षमा पुगेपछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य करिब ६ प्रतिशतले बढेर ७८ डलर प्रति ब्यारेल पुगेको छ। ऊर्जा आपूर्ति अवरुद्ध हुने डरले तेलको मूल्य अझै बढ्न सक्ने अनुमान गरिएको छ।
मध्यपूर्वको सङ्कटले विश्वव्यापी महँगी बढाउने र ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्ने लगानीकर्ताहरूको डरका कारण युरोपेली सेयर बजारहरूमा १.६ प्रतिशतको गिरावट आएको छ।
युरोपेली सङ्घको उड्डयन सुरक्षा एजेन्सी (इएएसए) ले यस क्षेत्रको गम्भीर सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै सबै विमान कम्पनीहरूलाई इरान, इराक र लेबनानको हवाई क्षेत्र प्रयोग नगर्न कडा सल्लाह दिएको छ।
यो उड्डयन एड्भाइजरी हालका लागि ३१ अगस्ट २०२६ सम्म लागू रहनेछ। यद्यपि, स्थिति हेरेर यसअघि नै यसको पुनरावलोकन हुन सक्ने चेतावनी जारी गरिएको छ।






डिसी नेपाल





Facebook Comment