प्रस्तावित निर्वाचन आयुक्त विरुद्ध उजुरी आह्वान
काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको रिक्त आयुक्त पदका लागि प्रस्तावित गरिएका उम्मेदवार विरुद्ध उजुरी आह्वान गरेको छ।
सुनुवाइ समितिको हालै बसेको बैठकले प्रस्तावित आयुक्तको योग्यता, आचरण र पृष्ठभूमिबारे छानबिन गर्न सर्वसाधारणबाट उजुरी तथा गुनासो माग गर्ने निर्णय गरेको हो।
संवैधानिक परिषद्को सिफारिसमा नियुक्तिका लागि नाम अगाडि सारिएका प्रस्तावित आयुक्त विरुद्ध कुनै दाबी विरोध वा उजुरी भएमा १० दिनभित्र समिति समक्ष दर्ता गराउन सार्वजनिक सूचना जारी गरिएको छ।
उजुरीकर्ताले आफ्नो पहिचान गोप्य राख्न चाहेमा सोको समेत उचित व्यवस्था मिलाइने समितिले जनाएको छ। प्राप्त उजुरीहरूको अध्ययन र छानबिन गरिसकेपछि समितिले प्रस्तावित उम्मेदवारलाई सुनुवाइका लागि आमन्त्रण गर्नेछ।
संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भए पश्चात् मात्र राष्ट्रपतिद्वारा आयुक्त नियुक्त गरिने संवैधानिक व्यवस्था रहेको छ।






डिसी नेपाल





Facebook Comment