आजको राशिफल: शुभ योग, सचेतता र सफलताको सम्भावना

डिसी नेपाल
२९ असार २०८३ ६:१७
  • मेष (अ, इ, उ, ए, ओ, वा, वि, वू, वे, वो) दिन राम्रो छ । आज धनलक्ष्मी योग परेको छ। साथीभाइको राम्रो सहयोग मिल्ने भएकाले व्यापार व्यवसायमा गरेको लगानीले राम्रो फाइदा दिनेछ। यद्यपि, आफन्तलाई बढी विश्वास गर्दा धोका हुन सक्ने भएकाले व्यावहारिक लेनदेनमा सचेत रहनुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

  • वृष (इ, उ, ए, ओ, वा, वि, वू, वे, वो) दिन राम्रो छ । बोल्नु अगाडि राम्ररी सोच्नुपर्ने समय छ। शिक्षा क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। स्वास्थ्य अनुकूल रहेकाले दिन रमाइलो र उत्साहजनक बन्नेछ। मिहिनेतको उचित फल प्राप्त हुनेछ।

  • मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा) दिन सामान्य छ । तपाईंको बोलीको प्रभावले रोकिएका राम्रा कामहरू बन्नेछन्। धार्मिक व्यक्तित्वहरूसँग अनावश्यक टकराव नगर्नु नै बुद्धिमानी हुनेछ। स्वास्थ्यमा लापरबाही गर्दा समस्या आउन सक्ने जोखिम छ। वैदेशिक क्षेत्रको आकर्षणले मन तानिनेछ भने प्रेम सम्बन्ध दीर्घकालीन बन्ने देखिन्छ।

  • कर्कट (ही, हू, हे, हो, डा, डी, डू, डे, डो) दिन राम्रो छ । आज अध्ययन-अध्यापनमा मन जानेछ र शिक्षामा गरिएको लगानीले फाइदा पुर्‍याउनेछ। परिवारसँग रमाइलो यात्राको योजना बन्न सक्छ। तर, दुई पाङ्ग्रे सवारी साधनमा उत्तर दिशाको लामो यात्रा नगर्नुहोला, सचेत रहनु उचित हुनेछ।

  • सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) सचेत रहनुपर्ने दिन छ । हरेक कार्यमा जोगिएर कदम चाल्नु होला। व्यवहार गर्दा सावधानी अपनाउनु आवश्यक देखिन्छ। परिवारको सल्लाह र सहमतिमा अघि बढेमा व्यापारिक लगानीबाट फाइदा हुनेछ। स्वदेशमै राम्रो विकल्प फेला पर्दा मनमा शान्ति मिल्नेछ। स्वास्थ्य र शिक्षामा सफलता प्राप्त हुनेछ।

  • कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) दिन निकै राम्रो छ । शुभ समाचार सुन्न पाइने भएकाले मन प्रसन्न रहनेछ। कुनै विशेष वा नयाँ ठाउँमा घुमफिरको योजना बन्न सक्छ। व्यापार व्यवसायमा गरेको थोरै लगानीबाट पनि राम्रो नाफा मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ भने परीक्षाको नतिजा पनि सकारात्मक आउनेछ।

  • तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) जिम्मेवारी थपिने दिन छ । व्यावहारिक कार्यमा कार्यभार बढ्न सक्छ। शिक्षा क्षेत्रको थोरै लगानीबाट पनि सन्तोषजनक फाइदा मिल्नेछ। विरोधी वा प्रतिस्पर्धीहरूले पनि तपाईंको कामको प्रशंसा गर्नेछन्। बौद्धिक व्यक्तित्वहरूसँगको छलफलले मनको भ्रम हटाई हलुका बनाउनेछ। परिवारमा केही सामान्य मतभेद हुन सक्ने भए पनि दाम्पत्य जीवन सुखमय नै रहनेछ।

  • वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) दिन राम्रो छ । व्यापार व्यवसाय र धन खर्च गर्दा विशेष सचेत हुन आवश्यक छ। अनुत्पादक क्षेत्रमा लगानी नगर्नु नै हितकर हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ भने शिक्षाको क्षेत्रमा नाफा हुने योग छ। हरेक कार्यक्षेत्रमा जोगिएर काम गर्नुहोला।

  • धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) मिश्रित दिन छ । राजनीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने सचेत रहनुहोला। स्वास्थ्यले साथ दिनेछ। आफ्ना योजना र कामहरू गर्दा गोपनीयता कायम राख्नु उपयुक्त हुनेछ। दाम्पत्य जीवनमा केही भनाभन वा खटपट हुन सक्ने सम्भावना छ। शिक्षामा गरेको लगानीबाट फाइदा मिल्नुका साथै मिहिनेतको फल प्राप्त हुनेछ।

  • मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) मान-सम्मान मिल्ने दिन छ । कसैसँग सहकार्य वा साझेदारीमा काम गरेमा व्यापारमा विशेष फाइदा हुनेछ। शिक्षा क्षेत्रमा गरिएको लगानीको प्रतिफल सामान्य रहनेछ। पढाइमा केही आलस्यता बढ्न सक्छ, सजग रहनुहोला। पारिवारिक सदस्यहरूबाट राम्रो रेखदेख र सहयोग पाइनेछ।

  • कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा) उत्साहजनक दिन छ । सानातिना सकारात्मक कुराले पनि मनमा नयाँ उमङ्ग जगाउनेछ। हरेक कार्यमा साथीभाइको बलियो साथ रहनेछ। राज्य वा सरकारी पक्षबाट विशेष सहयोग मिल्न सक्छ। धार्मिक व्यक्तित्वसँगको भेटघाटले कार्यमा नयाँ जाँगर थप्नेछ। परिवारको पूर्ण सहयोग रहनेछ।

  • मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) स्वास्थ्यमा सुधार आउनेछ । आज बोल्नुअघि राम्ररी सोचविचार गर्नु नै उत्तम हुनेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा मन आकर्षित हुनेछ। शिक्षाको क्षेत्रमा गरिएको लगानीले मनमा उत्साह थप्नेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ भने प्रेम सम्बन्धमा आउने सुधारले मन खुसी पार्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *