सरकारले एक सय दिनमा रचनात्मक काम गर्‍यो : ज्ञानेन्द्र शाही

डिसी नेपाल
२९ असार २०८३ १७:११

देवदह (रुपन्देही) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सरकारले एक सय दिनमै रचनात्मक काम गरेको बताए।

सोमबार रुपन्देहीको भैरहवामा राप्रपाका नेता–कार्यकर्तासँगको भेटघाट तथा छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुशासनका क्षेत्रमा सरकारले उल्लेखनीय रचनात्मक काम गरेको जानकारी दिएका छन्।

उनले राप्रपाको आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताए। ‘राप्रपामा रुपान्तरण आवश्यक छ। देश पुस्तान्तरणमा गइसक्यो। अब पार्टी रुपान्तरण गर्ने हो,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *