बजेट कार्यान्वयनलाई तीव्र पार्न अर्थमन्त्री वाग्लेको पहल: विषयगत मन्त्रालयका सचिवहरूको बैठक
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनका लागि सरोकारवाला निकायहरूसँग सघन छलफल सुरु गरेका छन्।
अर्थ मन्त्रालयको सुवर्ण हलमा सुरु भएको उक्त उच्चस्तरीय बैठकमा बजेट कार्यान्वयनका मुख्य जिम्मेवारी बोकेका विभिन्न विषयगत मन्त्रालयका सचिवहरू तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसिरहेको उक्त बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट र अर्थ सचिव डा. घनश्याम उपाध्यायसहित पूर्वाधार, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, स्वास्थ्य तथा जनसंख्या, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, गृह, एवं रक्षा मन्त्रालयका सचिव एवम् प्रतिनिधिहरूको सहभागिता रहेको छ।
नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजेटमा समेटिएका नीति, कार्यक्रम तथा विकास आयोजनाहरूलाई समयमै र नतिजामुखी ढङ्गबाट अगाडि बढाउने रणनीति तय गर्न यो बैठक आयोजना गरिएको हो।
बैठकमा स्रोतको व्यवस्थापन, पुँजीगत खर्च बढाउने उपाय, मन्त्रालयगत समन्वय र कार्यान्वयनका क्रममा आउन सक्ने सम्भावित नीतिगत तथा प्रशासनिक जटिलताहरू निरूपण गर्ने विषयमा गहन छलफल भइरहेको जनाइएको छ।






डिसी नेपाल





Facebook Comment