होन्डाद्वारा आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिककल’ सेवा सञ्चालन
काठमाडाैं। नेपालका लागि होन्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रडिङ कम्पनी प्रालिले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडलहरूमा देखिन सक्ने सम्भावित एयरब्याग जोखिम समाधानका लागि ‘निःशुल्क सेफ्टी रिककल अभियान’ सञ्चालन गरिरहेको छ।
यस अभियानबाट सन् २००१ देखि २०१४ सम्म निर्माण भएका होन्डाका विभिन्न मोडलका कारहरू प्रभावित भएका छन्।
जसमा सिटी , सिभिक , सिआर-भी , ज्याज , इन्साइट , स्ट्रिम र अकर्ड मोडलका कारहरू पर्दछन्। ग्राहकहरूले आफ्नो गाडी यस रिककल अभियानमा पर्छ कि पर्दैन भनेर होन्डाको आधिकारिक वेबसाइटमा गएर आफैँ पनि जाँच गर्न सक्नेछन्।
यस अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग जाँच तथा आवश्यक मर्मत वा इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ, जसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
सम्भावित दुर्घटना र जोखिमबाट बच्न तथा सुरक्षित यात्रा सुनिश्चित गर्नका लागि आफ्ना नजिकको होन्डा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरी गाडीको एयरब्याग समयमै जाँच गराउन कम्पनीले अनुरोध गरेको छ।
सर्भिस बुकिङ तथा थप जानकारीका लागि ग्राहकहरूले ललितपुरको धोबीघाटस्थित स्याकार ट्रडिङ कम्पनी प्रालिको फोन नम्बर ०१-५१५३५४२, ९८०११२८९१०, ९८०११०८१११ वा इमेल [email protected] मार्फत सीधा सम्पर्क गर्न सक्नेछन्।






डिसी नेपाल





Facebook Comment