संविधान संशोधनका लागि सुझाव संकलन गर्न एमाले उपसमितिको बैठक सम्पन्न
काठमाडौं । नेकपा एमालेको संविधान संशोधन सुझाव कार्यदलअन्तर्गत गठित उपसमितिले सुझाव संकलन तथा पुनरावलोकन प्रस्ताव तयार पार्ने प्रक्रियालाई अगाडि बढाएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा उपसमितिका संयोजक अग्नि खरेलको अध्यक्षतामा बसेको बैठकले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र शासन प्रणालीलाई थप सुदृढ बनाउन सुझाव संकलनको कार्ययोजनाबारे विस्तृत छलफल गरेको छ।
सदस्य सचिव महेश बर्तौलाका अनुसार बैठकमा संविधान कार्यान्वयनको हालसम्मको अनुभव, उपलब्धि र व्यावहारिक चुनौतीहरूको समीक्षा गरिएको छ। साथै, राजनीतिक दल, संवैधानिक निकाय, विषयगत विज्ञ, कानुन व्यवसायी, नागरिक समाज लगायत सरोकारवालाबाट सुझाव संकलन गर्ने विधि तय गर्दै तथ्य, तर्क र औचित्यका आधारमा संशोधन प्रस्ताव तयार पार्ने विषयमा छलफल भएको छ।
बैठकमा संयोजक खरेल, सदस्यहरू महेश बर्तौला, रमेश बडाल, टिकराम भट्टराई, राजेन्द्र घिमिरे, अमर थापा र विशेष विज्ञका रूपमा पूर्वकानुन मन्त्री माधवप्रसाद पौडेलको उपस्थिति रहेको थियो।






डिसी नेपाल





Facebook Comment