शुरु भयो दशैंका लागि खसीको विक्री
काठमाडौं। सरकारले दशैं, तिहार र छठ पर्वका लागि खसी, बोका र च्याङग्राको पनि विक्रीवितरण शुरु गरेको छ । सरकारले काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड परिसर भित्र सोमबारबाट दशैंसहितका चाडपर्वका लागि सुपथ मूल्यमा खसी, बोका र च्याङग्राको विक्रीवितरण शुरु गरेको हो ।
खसी, बोकाको प्रतिकेजी ५५० र च्याङग्राको प्रतिकेजी ७३० रुपैयाँ मूल्यमा विक्री वितरण शुरु गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए।
हाल बजारमा जीउँदो खसीबोकाको मासु प्रतिकेजी ६२० रुपैयाँसम्म विक्री हुने गरेको छ । त्यसलाई घटाएर प्रतिकेजी ५५० मूल्य कायम गरिएको विभागले जनाएको छ । विभागले सरकारले सुपथ मूल्यमा विक्री वितरण गरेको खसी, बोका र च्याङग्राको मासु गुणस्तरीय रहेको पनि दावी गरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले हाल मुस्ताङबाट ल्याइएको ५ सय वटा च्याङग्रा र वीरगंजबाट ल्याएका खसी बोका विक्री शुरु गरेको हो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment